

काठमाडौँ, भदौ १६ गते । बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकहरूका लागि स्वदेश तथा विदेशबाट आर्थिक सहयोग जुट्ने क्रम तीव्र बनेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सोमबार साँझसम्म प्रधानमन्त्री राहत कोषका ९ वटा वाणिज्य बैंक खाताहरूमा कुल ६ अर्ब ३६ करोड ६५ लाख ५१ हजार २२७ रूपैयाँ जम्मा भएको छ।
प्राप्त रकममध्ये १ अर्ब रूपैयाँ बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि निकासा गरिसकिएको छ भने बाँकी ५ अर्ब ३६ करोड ६५ लाख रूपैयाँभन्दा बढी रकम कोषमा मौज्दात रहेको छ। यसका साथै, हिमालयन र लक्ष्मी बैंकका खाताहरूमा ६१ लाख ११ हजार अमेरिकी डलरभन्दा बढी सहयोग प्राप्त भएको छ भने विभिन्न देश तथा संघ-संस्थाहरूबाट सहयोगको प्रतिबद्धता आउने क्रम जारी छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘उद्धार अनुरोध पोर्टल’ मार्फत प्राप्त सहयोग रकम र खर्चको विवरण पारदर्शी रूपमा सार्वजनिक गर्दै आएको छ। प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमार्फत संकलन भइरहेको यो रकमलाई प्रभावकारी रूपमा प्रभावितहरूको उद्धार, राहत तथा पुनःस्थापनामा उपयोग गरिने सरकारले जनाएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!































