

काठमाडौँ, भदौ १३ गते । एसियाली विकास बैङ्क (एडिबी) ले भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीपछिको आपत्कालीन उद्धार तथा राहतका लागि रु. ७६ करोड (५० लाख अमेरिकी डलर) अनुदान स्वीकृत गरेको छ। बैङ्कले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै ‘एसिया प्यासिफिक डिजास्टर रेस्पोन्स फन्ड’ मार्फत उक्त रकम उपलब्ध गराउने जानकारी दिएको हो।
उक्त अनुदान रकम खोज तथा उद्धारका सामग्री, औषधि, खाद्यन्न, पिउने पानी, अस्थायी वासस्थान, सरसफाइका सामान, पहिरो पन्छाउने कार्य र आपत्कालीन ढुवानी/व्यवस्थापनमा खर्च गरिनेछ। एडिबीका अध्यक्ष मासातो कान्डाले आफ्ना सदस्य राष्ट्रको आवश्यकतामा एडिबी सधैँ साथमा रहने र यस रकमले प्रभावित नागरिकहरूलाई तत्काल अत्यावश्यक राहत पुर्याउन सहयोग पुग्ने बताउनुभएको छ।
यसका साथै, विपत्पछिको आवश्यकता मूल्याङ्कन, पुनर्स्थापना र पुनर्निर्माणका लागि एडिबीले अर्को कोषमार्फत थप १ लाख ५० हजार डलरसम्म उपलब्ध गराउने प्रक्रिया अघि बढाएको छ। बैङ्कले आपत्कालीन अवस्थाका साथै दीर्घकालीन पुनर्स्थापना र पुनर्निर्माणमा पनि सरकारसँग सहकार्य जारी राख्ने प्रतिबद्धता जनाएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!




























