10/10/2026, 00:04:39
शुक्रबार, असोज २३, २०८३

देशभर बदली, चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना


काठमाडौँ, भदौ ८ गते । देशभर मनसुनी वायुको प्रभाव रहँदा आज अधिकांश भू-भागमा मौसम बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको अवस्थामा देशभर सामान्यतया बादल लाग्ने पूर्वानुमान गरिएको छ।

आज दिउँसो देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको छ। पहाडी भू-भागका धेरै स्थानमा पनि मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थान तथा मधेश र कोशी प्रदेशका तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै, आज राति पनि देशभर सामान्यतया बादल लाग्नेछ। हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।

रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका केही तथा मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

मौसम विश्लेषण: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।

स्रोतः मौसम पूर्वानुमान महाशाखा