

काठमाडौँ, साउन ९ गते । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारीका विद्यमान नीतिलाई व्यवस्थित गर्दै व्यावहारिक policy लागु गर्ने बताउनुभएको छ।
युवा, श्रम तथा रोजगार मन्त्रालय र अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठन (आइओएम) द्वारा आयोजित ‘पाँचौँ नेपाल फोरम अन माइग्रेसन एन्ड डेभलपमेन्ट’ सम्बन्धी सम्मेलनमा बोल्दै मन्त्री यादवले सो कुरा बताउनुभएको हो।
उहाँले सरकारले २०७२ देखि लागु गरेको ‘निःशुल्क भिसा र टिकट’ नीति कागजमा मात्र सीमित भएकाले यसलाई वैज्ञानिक र व्यावहारिक बनाउन पुनरवलोकनको प्रक्रिया सुरु गरिएको जानकारी दिनुभयो। मन्त्रालयको जिम्मेवारी सम्हालेको एक सय दिनको अनुभव सुनाउँदै उहाँले यस नीतिको कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न एक उच्चस्तरीय कार्यदल गठन भइसकेको समेत स्पष्ट पार्नुभयो।
यसैगरी, वैदेशिक रोजगार ऐन, २०६४ को संशोधित मसौदा पारित भएपछि कानुन पालना गर्नेलाई प्रोत्साहन र उल्लङ्घन गर्नेलाई कडा सजायको व्यवस्था गरिने मन्त्री यादवले बताउनुभयो। हाल नेपालबाट वैदेशिक रोजगारीमा जानेमध्ये करिब सात प्रतिशत मात्र नैतिक रूपमा (बिनाशुल्क) भर्ना भइरहेको उल्लेख गर्दै सरकारको अन्तिम लक्ष्य शतप्रतिशत ‘एम्प्लोयर पे’ (रोजगारदाताले नै सबै खर्च बेहोर्ने) मोडेलमा पुग्नु रहेको उहाँको भनाइ थियो।
कार्यक्रममा आइओएमका चिफ मिसन अफिसर हेलेन फोर्सले नेपालले सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनका लागि विश्वव्यापी सम्झौतामा उत्कृष्ट नेतृत्व प्रदर्शन गरिरहेको बताउनुभयो। उहाँले नेपाल सरकारसँग आप्रवासी श्रमिकको हकहितका क्षेत्रमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

























