07/16/2026, 17:09:10
बिहिबार, असार ३२, २०८३

नेप्सेमा बिहीबार पनि हरियाली, परिसूचक साढे ७ अंकले बढ्दा साढे ४ अर्बको कारोबार


काठमाडौँ, असार ३२ गते । सेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार पनि सकारात्मक रहँदै बन्द भएको छ। अघिल्ला दुई दिनको वृद्धिलाई पछ्याउँदै बिहीबार नेप्से परिसूचक ७.५० अंकले बढेर २५९७.८० विन्दुमा पुगेको हो। यो अघिल्लो दिनको तुलनामा ०.२८ प्रतिशतको वृद्धि हो।

बिहीबार बजारमा परिसूचकसँगै कारोबार रकम र सेयर कित्ता दुवैमा सुधार आएको छ।

यस्तो रह्यो आजको कारोबार:

  • कुल कारोबार रकम: ४ अर्ब ५६ करोड २९ लाख रुपैयाँ (बुधबार: ४ अर्ब १७ करोड ३ लाख)
  • सेयर कित्ता: ९४ लाख ६९ हजार ९९ कित्ता (बुधबार: ८४ लाख ७३ हजार १६)
  • कारोबार संख्या: ३९,५९५ पटक

आज कारोबारमा आएका कम्पनीमध्ये १२१ कम्पनीको सेयर मूल्य बढेको छ भने १५१ कम्पनीको मूल्य घटेको छ। बाँकी ३ कम्पनीको मूल्य स्थिर रह्यो। कारोबार भएका १३ उपसमूहमध्ये वित्त, होटल, जलविद्युत् र उत्पादन तथा प्रशोधन समूह घटेका छन् भने बाँकी सबै उपसमूहमा सुधार आउँदा नेप्सेलाई सकारात्मक बन्न बल पुगेको छ।