10/13/2026, 21:44:06
मङ्गलबार, असोज २७, २०८३

सभामुख डोलप्रसाद अर्याल स्वदेश फिर्ता


काठमाडौँ, असोज २७ गते । तान्जानियाको अरुशामा आयोजित अन्तरव्यवस्थापिका सङ्घको १५३ औँ महासभामा सहभागी भएर सभामुख डोलप्रसाद अर्याल मङ्गलबार अपराह्न स्वदेश फर्कनुभएको छ।

यही असोज १९ देखि २३ गतेसम्म भएको महासभामा उहाँले संसदीय अभ्यासका साथै जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण, सुशासन, समावेशिता र दिगो विकासका बारेमा आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो।

सभामुख नेतृत्वको प्रतिनिधिमण्डलले केन्याली संसद्को भ्रमण गरी त्यहाँको संसदीय अभ्यास तथा बजेट निर्माणबारे पनि जानकारी लिएको छ।