

काठमाडौँ, असार २९ गते । प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबिच समसामयिक राजनीतिक सन्दर्भ, सरकार एवं पार्टी सञ्चालनका विषयमा बालुवाटारमा परामर्श भएको छ । भेटमा पार्टीका पदाधिकारी एवं केन्द्रीय सदस्य मनोनयनका विषयमा समेत छलफल भएको छ ।
रास्वपाका पूर्वमहामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार यो एक नियमित भेटघाट हो । चितवनमा असार ७ देखि १२ गतेसम्म आयोजित पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशन सम्पन्न गरेपछि रास्वपा नेतृत्व र कार्यकर्ता पङ्क्ति यतिबेला साङ्गठनिक पुनर्जागरण र आन्तरिक सुदृढीकरणमा जुटेको छ ।
प्रतिनिधि सभाको पहिलो दल रास्वपाले महाधिवेशनमार्फत देशको आर्थिक विकास, सुशासन र राजनीतिक स्थायित्वको मार्गचित्र प्रस्तुत गरेको छ । पूर्वमहामन्त्री बुर्लाकोटीले पार्टी अब नागरिकका दैनिक समस्या समाधान र गाउँ-गाउँमा पुगेर जनताको आवाज सुन्न केन्द्रित हुने बताउनुभयो ।
त्यस्तै, केन्द्रीय सदस्य इन्दिरा रानामगरले महाधिवेशनले पार्टीभित्र बलियो भावनात्मक सम्बन्ध र नयाँ ऊर्जा थपेको उल्लेख गर्नुभयो । प्रवास विभाग प्रमुख भूपाल भण्डारीका अनुसार रास्वपाले विदेशमा रहेका नेपालीहरूलाई समेट्न प्रवास सङ्गठनलाई ‘आठौँ प्रदेश’ का रूपमा वैधानिक मान्यता दिएपछि प्रवासमा रहेका शुभेच्छुकहरूमा समेत नवीन उत्साहको सञ्चार भएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!


























