07/08/2026, 17:20:58
बुधबार, असार २४, २०८३

नेप्से ३०.०९ अंक घटे, साढे ४ अर्बको सेयर कारोबार


काठमाडौँ, असार २४ गते । सेयर बजार मापक नेप्से परिसूचक बुधबार ३०.०९ अंक (१.१३ प्रतिशत) ले घटेर २,६२१.५९ अंकमा बन्द भएको छ। अघिल्लो दिन २४.५७ अंकले बढेको बजारमा बुधबार पुनः गिरावट आएको हो।

यस दिन कारोबारमा आएकामध्ये २४७ कम्पनीको सेयर मूल्य घट्दा २५ कम्पनीको बढेको छ भने ५ कम्पनीको स्थिर रह्यो। बुधबार कुल ८४ लाख ६३ हजार १५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८२ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको छ। यो कारोबार रकम मंगलबारको (४ अर्ब ४० करोड ७ लाख रुपैयाँ) तुलनामा बढी हो।

कारोबार भएका १३ उपसमूहमध्ये सामूहिक लगानी कोष (०.११ प्रतिशत) बाहेक बाँकी सबै उपसमूहको परिसूचक घटेको छ।