

रुकुम पश्चिम, जेठ २६ गते । कार्यालय सेवा प्रवाहलाई थप प्रभावकारी, मर्यादित तथा अनुशासित बनाउन रुकुमपश्चिमको सानीभेरी गाउँपालिकाले कार्यालय समयभित्र सामाजिक सञ्जाल प्रयोगमा रोक लगाएको छ ।
कार्यालय समयभित्र सामाजिक सञ्जालको अत्यधिक प्रयोगले सेवा प्रवाहमा असर परेको भन्दै कार्यसम्पादनमा सुधार ल्याउन फेसबुक, टिकटक र युट्युब प्रयोगमा रोक लगाइएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरवीर खड्काले सूचना जारी गरेर कार्यालय समयभित्र सामाजिक सञ्जाल प्रयोगमा रोक लगाएको बताउनुभयो ।
सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले यस्तो व्यवस्था लागु गरिएको हो । गाउँपालिकाले सम्बन्धित सबै कर्मचारी तथा सेवाग्राहीलाई सूचनाको पालना गर्न अनुरोध गरेको छ । साथै सेवाग्राहीलाई आवश्यक सूचना तथा सेवाका लागि वैकल्पिक व्यवस्था मिलाइएको गाउँपालिकाले जनाएको छ ।
सानीभेरी गाउँपालिकाको यो कदमले कार्यालयको कार्यक्षमता वृद्धि हुनुका साथै सेवाग्राहीले समयमै सेवा पाउने अपेक्षा गरिएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!




































