काठमाडौँ, जेठ २१ गते । कुशल भुर्तेलले विष्फोटक शतक प्रहार गरेपछि नेपालले सिङ्गापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगितामा जितका लागि मलेसियाका लागि दुई सय ७६ रनको चुतौती पूर्ण लक्ष्य दिएको छ ।
सिङ्गापुरको राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा दुई सय ७५ रन बनायो । नेपालका लागि कुशलले एक सय २६ रन बनाउनुभयो । कुशलले ५४ बलमा १४ चौका र आठ छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो ।
यस प्रतियोगिताका लगातार दोस्रो शतक बनाउनुभएका कुशलले चीनविरुद्धको पहिलो खेलमा पनि शतक हान्नुभएको थियो । टी-२० मा तेस्रो शतक बनाउनुभएका कुशल नेपालका लागि लगातार दोस्रो शतक हान्ने पहिलो खेलाडी समेत बन्नुभएको छ ।
यस्तै आशिफ शेखले ६८ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो । उहाँले २४ बलमा पाँच चौका र सात छक्का हान्नुभयो । कप्तान दीपेन्द्रसिंह ऐरीले ३१, सन्दीप जोराले १५ र लोकेश बमले १० र कुशल मल्लले अविजित नौ रन बनाउनुभयो ।
बलिङमा मलेसियाका भिरनदीप सिंहले तीन विकेट लिनुभयो । विजय उनईले र कप्तान सायद अजिजले दुई दुई विकेट लिनुभयो । नेपालले समूह ‘ए’ को आफ्नो पहिलो खेलमा चीनलाई २२१ रनले हराएको थियो ।
पहिलो जितसँगै नेपालले एसियन गेम्समा स्थान बनाई सकेको थियो । लगातार दोस्रो हार खेपेको चीन बाहिरिएको थियो । मलेसियाले पनि यसअघिनै एसियन गेम्समा स्थान बनाई सकेको छ ।
समूह ‘बी’ मा ओमान, हङकङ, बहराइन र सिङ्गापुर रहेको छ । समूहका शीर्ष दुई टोली एसियन गेम्समा छनोट हुने प्रावधान रहेको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












































