05/21/2026, 10:18:01
बिहिबार, जेठ ०७, २०८३

आइसिसी बलिङ वरीयतामा सन्दीपको ६ स्थान सुधार


काठमाडौँ, जेठ ७ गते । नेपालका लेग स्पिनर सन्दीप लामिछानेले आइसिसी एकदिवसीय क्रिकेटको बलिङ वरीयतामा ६ स्थान सुधार गर्नुभएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले बुधबार सार्वजनिक गरेको पछिल्लो वरीयतामा सन्दीप ३६औँ स्थानमा उक्लिनुभएको छ । यसअघि सन्दीप ४२औँ स्थानमा हुनुहुन्थ्यो ।

काठमाडौँमा जारी आइसिसी विश्वकप लिग–२ मा उत्कृष्ट प्रदर्शन गर्ने नेपालका अन्य खेलाडीले पनि वरीयतामा सुधार गरेका छन् । सन्दीपसँगै दीपेन्द्रसिंह ऐरी, गुलशन झा र ललितनारायण राजवंशी, कुशल भुर्तेल ले वरीयतामा सुधार गर्नुभएको छ । बलिङमा ललितनारायण १६ स्थान फड्को मार्दै ५४औँ स्थानमा उक्लिनुभएको छ । यसअघि उहाँ ७०औँ स्थानमा हुनुहुन्थ्यो ।

यस्तै दीपेन्द्रसिंह एकदिवसीय अलउन्डरतर्फ तीन स्थान सुधार गर्दै २५औँ स्थानमा उक्लिनुभएको छ । गुलशन १५ स्थान सुधार गर्दै ८७औँ स्थानमा उक्लिनुभएको छ । ब्याटिङ वरियतामा कुशल सय स्थानमा उक्लिनु भएको छ । उहाँले १७ स्थान सुधार गर्नुभएको हो ।