05/19/2026, 09:54:52
मङ्गलबार, जेठ ०५, २०८३
एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट

एक दिवसीयमा सन्दीपको विश्व कीर्तिमान


काठमाडौँ, जेठ ४ गते । नेपालका लेग स्पिनर सन्दीप लामिछानेले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान बनाउनुभएको छ ।

नेपाली टोलीका पूर्व कप्तानसमेत रहनुभएका सन्दीपले सर्वाधिक छिटो एक सय ५० विकेट लिने खेलाडीको विश्व कीर्तिमान बनाउनुभएको हो ।घरेलु मैदान कीर्तिपुरमा जारी आइसिसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डविरुद्ध तीन विकेट लिएसँगै सन्दीपले आफ्नो नाममा विश्व कीर्तिमान रच्नुभयो ।

सन्दीपले यसअघि अस्ट्रेलियाका मिचेल स्टार्सको नाममा रहेको कीर्तिमान तोड्नुभएको हो । मिचेलले यसअघि सन २०१९ मा ७७ खेलमा एक सय विकेटको कीर्तिमान बनाउनुभएको थियो । सन्दीपले ७३ खेलमा एक सय ५० विकेट लिँदै स्टार्सको कीर्तिमान तोड्न सफल हुनुभयो ।

blog

सन्दीपले यसअघि नै एक दिवसीयमा सर्वाधिक छिटो एक सय विकेट लिने कीर्तिमान आफ्नो नाममा राख्नुभएको छ । सन्दीपले एक दिवसीयमा व्यक्तिगत सर्वाधिक ६ विकेट भने सन् २०२१ को विश्वकप लिग–२ कै सिरिजमा पिएनजीविरुद्ध लिनुभएको थियो ।

सोमबार स्कटल्यान्डविरुद्ध तीन विकेट लिनेक्रममा सन्दीपले पूरा १० ओभर बलिङ गर्दै ४७ रन खर्चिनुभयो । यस खेलमा अर्का बलर ललित राजवंशीले आठ ओभरका ३२ रन खर्चिएर सर्वाधिक चार विकेट लिनुभयो ।