

काठमाडौँ, वैशाख २१ गते । भारतमा चार राज्य तथा एक केन्द्र शासित प्रदेशको विधानसभा निर्वाचनको मतगणना जारी छ ।
प्रारम्भिक गणनाअनुसार पश्चिम बंगाल र आसाम राज्यमा भारतीय जनता पार्टी (भाजपा) अघि देखिएको छ । केन्द्र शासित प्रदेश पुडुचेरीमा पनि भाजपा सम्मलित एनडिए गठबन्धनकै अग्रता छ ।
तमिलनाडुमा अभिनेता विजय थलपतिको टिभिके अगाडि रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
पछिल्लो गणनाअनुसार पश्चिम बंगालमा निर्वाचन सम्पन्न भएका २ सय ९३ सिटमध्ये भाजपा १ सय ५९ सिट र मुख्यमन्त्री ममत बेनर्जीको त्रिणमुल कंग्रेस (टिएसी) १ सय ६ सिटमा अघि रहेको द हिन्दूस्तान टाइम्सले जनाएको छ ।
गत निर्वाचनमा टिएमसीले २ सय १५ सिट र भाजपाले ७७ सिट जितेका थिए । तमिलनाडुमा विजय थलपतिको टिभिके १ सय ६ सिटमा अघि छ । केरलमा भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीको अग्रता छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













































