04/10/2026, 09:13:27
शुक्रबार, चैत २७, २०८२

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर


काठमाडौँ, चैत २७ गते । नेपाल राष्ट्र बैंकले आज (शुक्रबारका)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमय दर अमेरिकी डलर एकको खरिददर १४७ रुपियाँ ९६ पैसा र बिक्रीदर १४८ रुपियाँ ५६ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपियाँ ८२ पैसा र बिक्रीदर १७३ रुपियाँ ५३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९८ रुपियाँ ४५ पैसा र बिक्रीदर १९९ रुपियाँ २६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपियाँ ०५ पैसा र बिक्रीदर १८७ रुपियाँ ८१ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०४ रुपियाँ १३ पैसा र बिक्रीदर १०४ रुपियाँ ५५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपियाँ ८६ पैसा र बिक्रीदर १०७ रुपियाँ २९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११६ रुपियाँ ०७ पैसा र बिक्रीदर ११६ रुपियाँ ५४ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ३१ पैसा र बिक्रीदर नौ रुपियाँ ३५ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपियाँ ६४ पैसा र बिक्रीदर २१ रुपियाँ ७२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपियाँ ४३ पैसा र बिक्रीदर ३९ रुपियाँ ५९ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपियाँ ५८ पैसा र बिक्रीदर ४० रुपियाँ ७५ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ६१ पैसा र बिक्रीदर चार रुपियाँ ६३ पैसा, युएई दिराम एकको खरिददर ४० रुपियाँ २९ पैसा र बिक्रीदर ४० रुपियाँ ४५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ १५ पैसा र बिक्रीदर ३७ रुपियाँ ३० पैसा, साउथ कोरियन वन १०० को खरिददर ०९ रुपियाँ ९९ पैसा र बिक्रीदर १० रुपियाँ ०३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ८८ पैसा र बिक्रीदर १५ रुपियाँ ९५ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ १३ पैसा र बिक्रीदर २३ रुपियाँ २२ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ८९ पैसा र बिक्रीदर १८ रुपियाँ ९६ पैसा, कुवेती दिनार एकको खरिददर ४८२ रुपियाँ ७४ पैसा र बिक्रीदर ४८४ रुपियाँ ७० पैसा, बहराइन दिनार एकको खरिददर ३९२ रुपियाँ २१ पैसा र बिक्रीदर ३९३ रुपियाँ ८० पैसा, ओमनी रियाल एकको खरिददर ३८४ रुपियाँ ३१ पैसा र बिक्रीदर ३८५ रुपियाँ ८७ पैसा रहेको छ । यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..