04/07/2026, 12:08:36
मङ्गलबार, चैत २४, २०८२

श्रममन्त्री शाहकी श्रीमती श्रेष्ठको स्पष्टीकरणः मैले सरकारबाट कुनै नियुक्ति लिएको छैन


काठमाडौं,  चैत २४ गते । श्रम तथा रोजगारमन्त्री दीपककुमार शाहकी श्रीमती जुनु श्रेष्ठले आफूले कुनै नियुक्ति नलिएको प्रष्ट पारेकी छन् ।  उनले वर्तमान सरकारबाट आफूले कुनै नियुक्ति नलिएको र लिँदा पनि नलिने बताएकी हुन् । बरु आफूले सरकारको सुशासनको अभियानलाई बल पुग्नेगरी काम गर्ने उनले बताईन् ।

आफू स्वास्थ्य वीमा बोर्डको सदस्यमा नियुक्त नभएको र नियुक्त हुने चाहना पनि नरहेको उनले बताईन् । विभिन्न मिडियाहरुमा आइरहेको भ्रमक समाचारको आधारमा आफूमाथि विभिन्नखाले टिकाटिप्णी भइरहेको भन्दै उनले आपत्तिसमेत जनाईन् । श्रेष्ठ स्वास्थ्य विमा बोर्डको पूर्व समस्य भने हुन् ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..