04/06/2026, 16:54:28
सोमबार, चैत २३, २०८२

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर


काठमाडौँ, चैत २० गते । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमय दर अमेरिकी डलर एकको खरिददर १४८ रुपियाँ ६७ पैसा र बिक्रीदर १४९ रुपियाँ २७ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपियाँ २४ पैसा र बिक्रीदर १७१ रुपियाँ ९३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपियाँ १३ पैसा र बिक्रीदर १९६ रुपियाँ ९२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८५ रुपियाँ ७८ पैसा र बिक्रीदर १८६ रुपियाँ ५३ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०२ रुपियाँ ०३ पैसा र बिक्रीदर १०२ रुपियाँ ४४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपियाँ ७९ पैसा र बिक्रीदर १०७ रुपियाँ २२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपियाँ ४४ पैसा र बिक्रीदर ११५ रुपियाँ ९१ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ३१ पैसा र बिक्रीदर नौ रुपियाँ ३४ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपियाँ ५५ पैसा र बिक्रीदर २१ रुपियाँ ६४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपियाँ ६१ पैसा र बिक्रीदर ३९ रुपियाँ ७७ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपियाँ ७८ पैसा र बिक्रीदर ४० रुपियाँ ९४ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ५३ पैसा र बिक्रीदर चार रुपियाँ ५५ पैसा, युएई दिराम एकको खरिददर ४० रुपियाँ ४८ पैसा र बिक्रीदर ४० रुपियाँ ६४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपियाँ ८१ पैसा र बिक्रीदर ३६ रुपियाँ ९६ पैसा, साउथ कोरियन वन १०० को खरिददर ०९ रुपियाँ ८० पैसा र बिक्रीदर ०९ रुपियाँ ८४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ६५ पैसा र बिक्रीदर १५ रुपियाँ ७१ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ९२ पैसा र बिक्रीदर २३ रुपियाँ ०१ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ९७ पैसा र बिक्रीदर १९ रुपियाँ ०५ पैसा, कुवेती दिनार एकको खरिददर ४८४ रुपियाँ ५० पैसा र बिक्रीदर ४८६ रुपियाँ ४६ पैसा, बहराइन दिनार एकको खरिददर ३९३ रुपियाँ ७८ पैसा र बिक्रीदर ३९५ रुपियाँ ३६ पैसा, ओमनी रियाल एकको खरिददर ३८६ रुपियाँ २१ पैसा र बिक्रीदर ३८७ रुपियाँ ७६ पैसा रहेको छ । यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..