काठमाडौं, असोज २ गते । मन्त्रीपरिषद्को आज बसेको बैठकले विभिन्न १३ मुलुकका लागि नेपाली राजदूत नियुक्तिको सिफारिस गरी संसदीय सुनुवाइका लागि सङ्घीय संसद्समक्ष पठाउने निर्णय गरेको छ।
साथै, बैठकले नेपाल विद्युत् प्राधिकरणको रिक्त कार्यकारी निर्देशक पदमा दीर्घायुकुमार श्रेष्ठलाई नियुक्त गर्नुका साथै सहसचिव रुद्रसिंह तामाङलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार मन्त्रीपरिषद् बैठकले नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ स्वीकृत गरेको छ।
यसैगरी, साविकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गत रहेको नेपाल मौसम विज्ञान विभागलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत राख्ने गरी नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०८३ संशोधन गर्ने निर्णयसमेत गरिएको छ।
सिफारिस गरिएका राजदूतहरूमा भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजङ्ग थापा, बेलायतका लागि गौरव शमशेर जङ्गबहादुर राणा, जर्मनीका लागि सरू जोशी, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जापानका लागि जिज्ञानकुमार थापा रहेका छन्।
त्यस्तै ओमानका लागि डा. पदमाक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा.डा. सङ्गम श्रेष्ठ, श्रीलंकाका लागि डा. मंचला झा र साउदी अरेबियाका लागि गिरिबहादुर सुनार सिफारिस हुनुभएको छ।
मन्त्रीपरिषद् बैठकका प्रमुख निर्णयहरू
| निर्णयको क्षेत्र | मुख्य विवरण |
| राजदूत सिफारिस | १३ देशमा राजदूत नियुक्तिको सिफारिस (भारत: डा. निश्चलनाथ पाण्डे, चीन: डा. कल्याणराज शर्मा, अमेरिका: चिरनजङ्ग थापा आदि) |
| उच्चपदस्थ नियुक्ति | नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ र सचिव पदमा रुद्रसिंह तामाङ बढुवा |
| नियमावली स्वीकृति | नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ स्वीकृत |
| मन्त्रालय हेरफेर | नेपाल मौसम विज्ञान विभागलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहत रहने गरी कार्य विभाजन नियमावली संशोधन |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!





































