काठमाडौं, कात्तिक २० गते । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार भएको खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ३० रनले पराजित गर्दै अंक तालिकामा महत्वपूर्ण सुधार गरेको छ।
जितका लागि १ सय ५२ रनको लक्ष्य पछ्याएर मैदान उत्रिएको पोखरा १९ ओभरमा १ सय २१ रनमै अल-आउट भयो। पोखराका लागि अर्जुन कुमालले ४५ र युवराज सम्राले १९ रन बनाए पनि अन्य ब्याटरहरू चल्न सकेनन्। खराब लयमा रहेका कप्तान कुशल भुर्तेल पुनः असफल हुँदै ४ रनमा आउट भए भने यसै खेलबाट उनले कप्तानीसमेत गुमाएका छन्, जसको नेतृत्व चमिका करुनारत्नेले सम्हालेका थिए। चितवनका बलर रिजन ढकालले ४ र कमल ऐरीले ३ विकेट लिँदै पोखराको ब्याटिङ लाइन-अप ध्वस्त पारे।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५१ रनको योगफल तयार पारेको थियो।
चितवनका लागि कप्तान सिकन्दर राजाले १६ बलमा ३७ रन र रवि बोपाराले २८ बलमा ३५ रनको आक्रामक पारी खेल्दै पाँचौं विकेटका लागि ६० रनको महत्वपूर्ण साझेदारी गरेका थिए। यस्तै, अर्जुन साउदले ३१ र डाविड मालनले २८ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए। पोखराका बलरहरू चमिका करुनारत्ने, विपिन खत्री र कुशल भुर्तेलले समान २–२ विकेट हात पारे।
यो जितसँगै चितवन ५ अंकसहित प्रतियोगिताको तेस्रो स्थानमा उक्लिएको छ भने पोखरा भने अहिलेसम्म खाता खोल्न नसकि अंकतालिकाको पुछारमा रहँदै प्ले अफमा पुग्ने सम्भावना लगभग समाप्त भएको छ।
| विवरण | तथ्य / जानकारी |
| विजेता टोली | चितवन राइनोज (३० रनले विजयी) |
| पराजित टोली | पोखरा एभेन्जर्स |
| स्थान | त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर |
| चितवनको स्कोर | १५१/६ (२० ओभर) – सिकन्दर राजा (३७ रन) |
| पोखराको स्कोर | १२१ अलआउट (१९ ओभर) – अर्जुन कुमाल (४५ रन) |
| प्रमुख विकेट टेकर | रिजन ढकाल (४ विकेट, चितवन) |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!









प्रतिक्रिया दिनुहोस्