

काठमाडौँ, भदौ ९ गते । काठमाडौँमा सुरु भएको एसिया प्यासिफिक इन्स्टिच्युट फर ब्रोडकास्टिङ डेभलपमेन्ट (एआईबीडी) को २४ औँ सम्मेलनमा बोल्दै सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले प्रविधिको तीव्र विकाससँगै अभिव्यक्ति स्वतन्त्रता र नागरिकको सूचनाको अधिकारलाई सञ्चार प्रणालीको केन्द्रमा राख्नुपर्ने बताउनुभएको छ।
एआई र डिजिटल प्लेटफर्मलाई आत्मसात् गर्दै तथ्यपरकता, सम्पादकीय जिम्मेवारी र लोकतान्त्रिक मूल्यलाई बलियो बनाउनुपर्ने उहाँको भनाइ छ।
गलत सूचना र दुष्प्रचारको समाधान नियन्त्रण वा प्रतिबन्धमा मात्र खोज्न नहुने स्पष्ट पार्दै मन्त्री तिमिल्सिनाले बलियो पत्रकारिता, मिडिया साक्षरता र पारदर्शितामा ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो। एआईले सामग्री निर्माणमा सहयोग गरे पनि त्यसको सत्यता, सन्दर्भ र सार्वजनिक हितको अन्तिम जिम्मेवारी मानव सम्पादकमै रहने र प्रविधिसँगै नागरिकको विश्वास जित्ने सञ्चार संस्था नै भविष्यमा सफल हुने उहाँले बताउनुभयो।
नेपालमा दक्षिण एसियामै पहिलोपटक सुरु भएको सामुदायिक रेडियोको योगदानको प्रशंसा गर्दै उहाँले विपद् र सङ्कटका बेला स्थानीय भाषामा सूचना दिई नागरिकलाई जोड्न यसले ठूलो भूमिका खेलेको स्मरण गराउनुभयो।
साथै, नयाँ पुस्ता, ग्रामीण तथा सीमान्तकृत समुदायलाई समान रूपमा जोड्दै डिजिटल माध्यममा गुणस्तरीय सामग्री उत्पादन गर्नु सार्वजनिक सेवा प्रसारणको मुख्य दायित्व भएको उहाँको भनाइ थियो।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!




































