

पोखरा, भदौ ६ गते । शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण मादी गाउँपालिका-१ स्थित पदुखोला क्षेत्र (खिलाङ र पार्चेको बिच) मा पहिरो जाँदा पोखरा-सिक्लेस सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। पहिरोले मादी गाउँपालिकाको पहलमा निर्माण गरिएको पदुखोलाको ढलान तथा रेलिङमा समेत ठूलो क्षति पुर्याएको छ।
सडक खुलाउनका लागि स्थानीय प्रशासन तथा वडा कार्यालयले सरोकारवाला निकायहरूसँग आवश्यक समन्वय गरिरहेका छन्। स्थानीय हाइड्रोपावरका उपकरण प्रयोग गर्ने र पोखराबाट विज्ञ प्राविधिकहरू बोलाएर दिनभरिमा पहिरो पन्छाउने तयारी भइरहेको छ।
पहिरो पन्छाएर सडक व्यवस्थित गर्न केही समय लाग्ने भएकाले मादी-१ का वडाध्यक्ष देवीजङ्ग गुरुङले सिक्लेस जाने सोचमा रहेका पर्यटकहरूलाई आइतबारसम्म आफ्नो यात्राको योजना स्थगित गर्न र रोकिएर सहयोग गरिदिन आग्रह गर्नुभएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!


































