

काठमाडौं (सेतोप्रेस) । नेपाल राष्ट्र बैंकले आज (बुधबार, साउन २०, २०८३) का लागि विनिमय दर सार्वजनिक गरेको छ। बैंकका अनुसार अमेरिकी डलरको खरिद दर १५२.३१ र बिक्री दर १५२.९१ रुपैयाँ कायम भएको छ।
त्यसैगरी भारतीय रुपैयाँको खरिद दर प्रतिशत रुपैयाँमा १६०.०० र बिक्री दर १६०.१५ तोकिएको छ।
केन्द्रीय बैंकले सार्वजनिक गरेको दरअनुसार युरोपियन युरो १७५.३१/१७६.००, बेलायती पाउन्ड स्टर्लिङ २०४.७४/२०५.५५, स्विस फ्र्यांक १८८.०६/१८८.८०, अस्ट्रेलियन डलर १०७.०५/१०७.४७ र क्यानेडियन डलर १०८.५०/१०८.९३ रुपैयाँमा कारोबार हुनेछ।
यसैगरी सिंगापुर डलर ११.६६/११९.१३, जापानी येन (१० इकाई) ९.६५/९.६८, चिनियाँ युवान २२.५५/२२.६४, साउदी रियाल ४०.५५/४०.७१, कतारी रियाल ४१.७८/४१.९५, थाई बात ४.५६/४.५७, यूएई दिरहाम ४१.४७/४१.६४ र मलेसियन रिङ्गित ३७.१८/३७.३३ रुपैयाँ कायम भएको छ।
दक्षिण कोरियन वोन (१०० इकाई) १०.६४/१०.६८, स्विडिश क्रोनर १५.९३/१५.९९, डेनिस क्रोनर २३.४५/२३.५४ र हङकङ डलर १९.४२/१९.५० रुपैयाँ तोकिएको छ।
सबैभन्दा उच्च विनिमय दर कुवेती दिनारको कायम भएको छ — खरिद ४९५.८० र बिक्री ४९७.७५ रुपैयाँ। यसैगरी बहराइन दिनार ४०३.९५/४०५.५४ र ओमानी रियाल ३९५.५९/३९७.१५ रुपैयाँमा कारोबार हुने बैंकले जनाएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!



































