

काठमाडौँ, साउन ९ गते । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले ‘वालेट’ खोल्ने तथा प्रयोगकर्ताको विवरण अद्यावधिक गर्ने प्रक्रियामा राष्ट्रिय परिचयपत्रसम्बन्धी व्यवस्था समेट्दै भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशिका, २०८२ मा १५औँ संशोधन गरेको छ ।
हेर्नुहोस् मुख्य बुँदाहरू:
- नयाँ वालेट खोल्दा: भुक्तानी सेवा प्रदायकहरूले नेपाली नागरिकका हकमा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखअनुसार विवरण यकिन गरेर मात्र वालेट खोल्नुपर्नेछ।
- स्वघोषणा र अद्यावधिकको समयसीमा: २०८३ असोज मसान्तभित्र प्रयोगकर्ताबाट राष्ट्रिय परिचयपत्र भए/नभएको स्वघोषणा लिनुपर्नेछ। राष्ट्रिय परिचयपत्र लिइसकेका नागरिकले २०८३ असोज मसान्तभित्र आफ्नो वालेटमा राष्ट्रिय परिचयपत्र नम्बर अद्यावधिक गरिसक्नुपर्नेछ।
- परिचयपत्र नभएकाहरूको हकमा: परिचयपत्र नलिएका प्रयोगकर्ताहरूलाई परिचयपत्र बनेपछि विवरण अद्यावधिक गर्न हरेक महिना जानकारी गराइनेछ।
- विदेशमा बस्ने नेपालीहरू: विदेशबाटै अनलाइनमार्फत आवश्यक कागजात प्रयोग गरी वालेट खोल्ने सुविधा यथावत् रहनेछ। तर, नेपाल फर्किएको ६ महिनाभित्र राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गर्नुपर्नेछ।
- अशक्त तथा असहाय नागरिक: आफ्नो हेरचाह आफैँ गर्न नसक्ने अशक्त तथा असहाय नागरिकको हकमा राष्ट्रिय परिचयपत्र वा परिचयपत्र नम्बर नभए पनि अन्य आवश्यक कागजातका आधारमा वालेट खोल्न र कारोबार गर्न सकिनेछ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!































