07/12/2026, 11:48:26
आइतबार, असार २८, २०८३

तोलामा ६०० रुपैयाँले बढ्यो सुन, चाँदीको भाउमा गिरावट


काठमाडौँ, असार २८ गते । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा ६०० रुपियाँले बढेको छ भने चाँदी ३५ रुपियाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुुन प्रतितोला दुई लाख ८८ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ४७५ रुपियाँ कायम भएको छ ।

गत शुक्रबार छापावाल सुुन प्रतितोला दुई लाख ८७ हजार ४०० र त्यति नै परिमाणको चाँदी चार हजार ५१० रुपियाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १४५ र चाँदी ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..