07/09/2026, 08:16:19
बिहिबार, असार २५, २०८३

आजका लागि विदेशी मुद्राको विनिमय दर


काठमाडौँ, असार २५ गते । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ ६० पैसा र बिक्रीदर १५३ रुपियाँ २० पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १७४ रुपियाँ ०७ पैसा र बिक्रीदर १७४ रुपियाँ ७६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपियाँ ६५ पैसा र बिक्रीदर २०४ रुपियाँ ४५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८८ रुपियाँ ८५ पैसा र बिक्रीदर १८९ रुपियाँ ५९ पैसा कायम गरिएको छ ।

अस्टङेलियन डलर एकको खरिददर १०५ रुपियाँ ६० पैसा र बिक्रीदर १०६ रुपियाँ ०१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपियाँ ७८ पैसा र बिक्रीदर १०८ रुपियाँ २० पैसा, सिङ्गापुर डलर एकको खरिददर ११७ रुपियाँ ९२ पैसा र बिक्रीदर ११८ रुपियाँ ३९ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ३९ पैसा र बिक्रीदर नौ रुपियाँ ४३ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ४४ पैसा र बिक्रीदर २२ रुपियाँ ५३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ ६४ पैसा र बिक्रीदर ४० रुपियाँ ८० पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपियाँ ८६ पैसा र बिक्रीदर ४२ रुपियाँ ०२ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ५६ पैसा र बिक्रीदर चार रुपियाँ ५८ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपियाँ ५५ पैसा र बिक्रीदर ४१ रुपियाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ४३ पैसा र बिक्रीदर ३७ रुपियाँ ५८ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ ११ पैसा र बिक्रीदर १० रुपियाँ १५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ७२ पैसा र बिक्रीदर १५ रुपियाँ ७९ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ २९ पैसा र बिक्रीदर २३ रुपियाँ ३८ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १९ रुपियाँ ४७ पैसा र बिक्रीदर १९ रुपियाँ ५४ पैसा, कुवेती दिनार एकको खरिददर ४९५ रुपियाँ ८६ पैसा र बिक्रीदर ४९७ रुपियाँ ८१ पैसा, बहराइन दिनार एकको खरिददर ४०४ रुपियाँ ७२ पैसा र बिक्रीदर ४०६ रुपियाँ ३१ पैसा, ओमनी रियाल एकको खरिददर ३९६ रुपियाँ ३३ पैसा र बिक्रीदर ३९७ रुपियाँ ८९ पैसा रहेको छ ।

भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..