06/20/2026, 22:03:09
शनिबार, असार ०६, २०८३

१.६३ अंकले बढ्यो शेयर


आज मिति २०८३ साल असार ५ गते शुक्रबार शेयर बजार १.६३ अंक बढ्दै २७०२.११ अंकमा बजार बन्द भएको छ । अघिल्लो दिन ५ अंकले गह्तेको थियो । आजको कारोबार रकम रु. चार अर्ब त्रिपन्न करोड  उन्नान्पचास लाख त्रियासी हजार पाच सय अट्सठ्ठी रुपयाँ सोर पैसा रहयो । दुइ ओटा कम्पनि सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोपावरको मूल्य १५ प्रतिशत बढेको हो । यो वृद्धिसंगै  सोपानको मूल्य प्रतिकित्ता १०६० रुपैयाँ तथा एपोलोको ९१६ रुपैयाँ पुगेको छ । ११६ कम्पनि को मूल्य वृद्धि भयो भने १४० कम्पनीको मुल्यमा गिरावट आयो साथै १७ कम्पनीका शेयरहरु स्थिर रहे  । आज जम्मा १,०९,२२,५२५ कित्ता शेयर कारोबार भए ।