काठमाडौं, जेठ २६ गते । सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार १.५४ अंकले घटेको छ । सोमबारको तुलनामा ०.०५ प्रतिशतले घटेर समग्र नेप्से २ हजार ७ सय ३३.५९ अंकमा ओर्लेको छ ।
यससँगै लगातार ४ कारोबार दिन नेप्से घटेको छ । अघिल्ला ३ कारोबार दिन नेप्से दोहोरो अंकले घटे पनि मंगलबार भने सामान्य अंकको गिरावट आएको हो । दिनभरीको कारोबारमा अधिकांश समय नेप्से दोहोरो अंकले घटेको थियो । तर अन्तिम समयमा बजार उकालो लागेको थियो । तर पनि करिब साढे १ अंकले ऋणात्मक अवस्थामै बन्द भयो ।
मंगलबार कारोबारमा आएकामध्ये १०५ कम्पनीको मूल्य बढ्यो, १५१ कम्पनीको घट्यो र १५ वटाको स्थिर रह्यो । सो दिन कुल ६३ हजार ७ सय ३२ पटकको सेयर किनबेचमा १ करोड २३ लाख ८२ हजार १७ कित्ता सेयर खरिदबिक्री भए । किनबेचमा ६ अर्ब ४४ करोड ३१ लाख रुपैयाँ बराबर सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको हो । गत सोमबार ४ अर्ब ८ करोड ४८ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।
सो दिन कारोबारमा आएका १३ वटा उपसमूहमध्ये होटेल तथा पर्यटन, जलविद्युत्, उत्पादन तथा प्रशोधन र अन्यको परिसूचक घटे । बाँकी उपसमूहको परिसूचक बढेपनि समग्र नेप्से सकारात्मक बन्न सकेन । मंगलबार बैकिङ उपसमूहको परिसूचक भने स्थिर छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!































