10/12/2026, 10:50:16
सोमबार, असोज २६, २०८३

आज हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना


काठमाडौं, असोज २६ गते। देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेकाले आज हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ। देशका बाँकी हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।

त्यस्तै, आज राति देशका हिमाली भूभागमा आंशिक बादल लाग्ने सम्भावना छ। पहाडी तथा तराई भूभागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।