06/03/2026, 23:25:43
बुधबार, जेठ २०, २०८३

पार्टीभित्र विविधतामा एकता हुनुपर्छ : विष्णु पौडेल


काठमाडौँ, जेठ २० गते नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलले एमालेलेमा विविधतामा एकता हुनुपर्ने बताएका छन् । काठमाडौंमा बुधबार सुरु भएको दुई दिने कार्यशालामा एकरुपतामा एकता गलत भएको बताए ।

पार्टी र नेतृत्व पनगर्ठनको माग गर्दै आएका पौडेलले विविध विचारबीच एकता हुने बताए । ‘पार्टीमा विविधतामा एकता हुनुपर्छ । एकरुपतामा एकता होइन । यसप्रकारले निर्देशित भएर अघि बढनुपर्छ’ उनले भने, ‘एकरुपतामा एकता खोज्ने दार्शनिक रुपमा पनि गतल छ । प्रकृतिको बहुलता हाम्रो पार्टीमा हुनुपर्छ । व्यक्तिको बिभिन्न विचारमा छलफल गरेर साझा निश्कर्षमा पुग्न सक्छौं । विविधतामा एकता गर्ने कोशिश गर्दै आएका छौं ।

उनले प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल हुनुपर्ने बताए । ‘राजकीय पार्टी होइन, राजनीतिक पार्टीको रुपमा अघि बढाउनुपर्छ । जनताबाट अनुमोदित भएको पार्टी हुनुपर्छ । प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्ने पार्टी बनाउन खोजेका छौं ।

– गंगा बीसी