05/28/2026, 13:03:52
बिहिबार, जेठ १४, २०८३

हावाहुरीले साढे ३ करोडको केरा खेतीमा क्षति


दमक, जेठ १४ गते ।मङ्गलबार राति आएको हावाहुरीका कारण झापाको बाह्रदशी गाउँपालिकामा साढे ३ करोड रुपियाँभन्दा बढीको केरा खेतीमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बाह्रदशी गाउँपालिका–७ मा ६० बिघा क्षेत्रफलमा लगाइएको केरा खेतीमध्ये ३२ बिघामा ठुलो क्षति पुगेको हो ।

स्थानीय किसानहरूले व्यावसायिक रूपमा लगाएको केरा खेतीमा हावाहुरीले व्यापक नोक्सानी पुर्‍याएको जिल्ला प्रहरी कार्यालय झापाले सार्वजनिक गरेको प्रारम्भिक विवरणमा उल्लेख छ । क्षतिको प्रारम्भिक अनुमान करिब तीन करोड ६० लाख रुपियाँ बराबर रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख बसुन्धरा खड्काले जानकारी दिनुभयो ।

कृषि ज्ञान केन्द्र झापाका अनुसार स्थानीय तहका कृषि शाखामार्फत विस्तृत क्षति विवरण सङ्कलन गर्ने काम भइरहेको छ । हावाहुरीका कारण झापाका विभिन्न क्षेत्रमा किसानले लगाएका बालीनालीमा समेत क्षति पुगेको जनाइएको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..