

काठमाडौँ, जेठ १३ गते । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारीले साल्ट ट्रेडिङसँग हाल ३९ हजार मेट्रिक टन मात्रै रासायनिक मल मौज्दात रहेको बताएका छन्।
बुधबार बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनले यो बारेमा जानकारी दिएका हुन् । चालू आर्थिक वर्षमा अन्तर्राष्ट्रिय क्षेत्रमा देखिएको सङ्कट, बजेट अभाव र बन्दरगाह क्षमताको समस्याका कारण पर्याप्त मल आयात गर्न नसकिएको उनको भनाइ छ ।
कम्पनीले चालू आर्थिक वर्षमा करिब १ लाख २६ हजार मेट्रिक टन रासायनिक मल बिक्री गरिसकेको जानकारी दिँदै उनले आगामी दिनमा पनि आपूर्ति निरन्तर राख्ने तयारी भइरहेको बताए।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!







































