04/06/2026, 14:15:44
सोमबार, चैत २३, २०८२

डढेलो नियन्त्रण गर्न स्वयंसेवक


चितवन, चैत ४  गते ।  डिभिजन वन कार्यालयले डढेलो नियन्त्रण गर्न स्वयंसेवक नियुक्त गरेको छ । चितवन डिभिजन वन कार्यालयले हालै छ जनालाई स्वयंसेवक नियुक्त गरी काममा खटाएको हो ।

उक्त कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलका अनुसार स्वयंसेवकले सशस्त्र वन रक्षकहरूसँगको सहकार्यमा वनमा लागेको आगो निभाउने छन् । डढेलोको जोखिम भएका स्थानमा उनीहरूलाई आगामी तीन महिनासम्म परिचालन गरिने छ ।

चितवनमा सामुदायिक, कवुलियती, धार्मिक र निजी वन छन् ।   सीमित स्रोत र साधन भए पनि जङ्गलको आगो निभाउन हरसम्भव प्रयास गरिने उहाँले बताउनुभयो । केही सामुदायिक वनसँग भएका सामग्री र सुरक्षा निकायसँगका उपकरण प्रयोग गरेर अग्ति समन हुँदै आएको उहाँले जानकारी दिनुभयो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..