काठमाडौँ, पुस १० गते। तमू ल्होसारको अवसरमा प्रथम तमू फोटो प्रतियोगिताको आयोजना गरिएको छ।
तमू ल्होसारको अवसरमा अन्तर्राष्ट्रिय तमू परिषद्को आयोजना र तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालले प्रतियोगिताको आयोजना गरेको हो। प्रतियोगिताको लागि गत पुस मंसिर २२ गते आह्वान गरेको थियो। प्रतियोगितामा पुस ३ गते भित्र आएका १६८ तस्बिरबाट २५ तस्बिर छनौट गरिएको थियो। प्रतियोगितामा तमू पत्रकारले खिँचेको तस्बिर मात्र समावेश गरिएको थियो। आगामी वर्षमा गैर तमू पत्रकारले खिँचेका तस्बिर समावेश हुनेछ।
आज एक कार्यक्रमको आयोजना गरेर पुरस्कारको निर्णय सार्वजनिक गरेको छ। प्रतियोगितामा राम गुरुङ प्रथम, युवराज गुरुङ द्वितिय, आश गुरुङ तृतिय तथा नबिनबाबु गुरुङ र सुजन गुरुङ सान्त्वना हुनु भएको थियो। पुरस्कार वितरण पुस १४ गते टुँडिखेलमा आयोजना हुने ल्होसार कार्यक्रममा हुनेछ।

















– केशब गुरुङ
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
