04/07/2026, 20:22:55
मङ्गलबार, चैत २४, २०८२

भारतलाई एक हजार मेगावाट बिजुली निर्यात हुन्छ : प्रधानमन्त्री ओली


काठमाडौँ, साउन २८ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले भारतलाई एक हजार मेगावाट बिजुली निर्यात गर्ने जानकारी गराउनु भएको छ।

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत भारतलाई बिजुली निर्यात गरेर नेपालले ८० अर्ब २७ करोड रुपियाँ आम्दानी गर्ने जानकारी गराउनुभएको हो।

हामी भारतलाई एक हजार मेगावाट बिजुली निर्यात गर्दैछौँ। यसबाट नेपालले ८० अर्ब २७ करोड रुपियाँ आम्दानी गर्नेछ,” प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा उल्लेख गर्नु भएको छ।