04/09/2026, 15:57:18
बिहिबार, चैत २६, २०८२

आइपीएल २०२५ : बिराट कोहलीको अर्धशतक सहित रोयल च्यालेन्जर बेग्लुरुले राजस्थान रोयल्सलाइ हरायो


काठमाडौँ, १२ बैसाख: इन्डियन प्रिमियर लिग (आइपिएल) खेल न. ४२ आर सी बि र राजस्थान रोयल्स बिचको खेलमा आरसीबी बिजयी भएको छ । अप्रिल २४, २०२५ मा भएको खेलमा आरसीबीले पहिले ब्याटिंग गर्दै २० ओभरमा ५ विकेटको क्षतिमा २०५ रन बनाउन सफल भयो, २०६ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थान रोयल्सले २० ओभरमा ९ विकेटको क्षतिमा १९४ रन मात्र बनाउन सक्यो र आरसीबीसंग ११ रनले पराजित हुन् पुग्यो । आरसिबीका प्रवाभशालि खेलाडी बिराट कोहलीले ४२ बलमा दुइ छक्का र आठ चौकाको मद्दत ले ७० रन बनाए भने देबदत्त पडीक्कलले ५० रन प्रहार गरे |
म्यान अफ द म्याच : जोश हेजलहुड(आरसीबि)

राजस्थान रोयल्सले दोश्रो पारि ब्याटिंग गर्दै २०६ रनको लक्ष्य पछ्याउने क्रममा सुरुवात राम्रो भए पनि तल्लो क्रमको ब्याट्सम्यानहरुले ठिकै खेल्दा जितको नजीक पुगेर पनि राजस्थान पराजित हुन् पुग्यो । आरआरका यशस्वी जयसवालले १९ बलमा ४९ रनको विस्फोटक पारी खेल्दा उनलाई जोश हेजलहुडले रोमारियो सेफर्डको हात क्याच आउट गराए | आरसीबीका जोश हेजलहुडले ४ ओभर बलिंग गर्दै ३३ रन दिएर ४ विकेट लिए भने क्रुनाल पाण्डेले २ विकेट र यस दयाल र भुवनेश्वर कुमारले १/१ विकेट लिए | वेनिन्दु हर्सराँगा रन आउट भए |

आजको खेल : #CSKVSRH
हालसम्मको अंक तालिका

स्थान टिम खेल जित हार टाई नतिजा छैन अंक नेट रन रेट
1 गुजरात टाइटन्स 8 6 2 0 0 12 +1.104
2 दिल्ली क्यापिटल्स 8 6 2 0 0 12 +0.657
3 रोयल च्यालेन्जर्स बेङ्गलुरु 9 6 3 0 0 12 +0.482
4 मुम्बई इन्डियन्स 9 5 4 0 0 10 +0.673
5 पञ्जाब किङ्स 8 5 3 0 0 10 +0.177
6 लखनउ सुपर जायन्ट्स 9 5 4 0 0 10 -0.054
7 कोलकाता नाइट राइडर्स 8 3 5 0 0 6 +0.212
8 राजस्थान रोयल्स 9 2 7 0 0 4 -0.625
9 सनराइजर्स हैदराबाद 8 2 6 0 0 4 -1.361
10 चेन्नई सुपर किंग्स 8 2 6 0 0 4 -1.392

लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..