04/07/2026, 23:10:01
मङ्गलबार, चैत २४, २०८२

आइपीएल २०२५ : दिल्लीसंग लखनउ पराजित


काठमाडौँ, १० बैसाख: इन्डियन प्रिमियर लिग (आइपिएल) अप्रिल २२, २०२५ मा भएको खेलमा दिल्ली क्यापिटल्सले लखनउ सुपर जाइन्टसलाइ ८ विकेटले पराजित गर्यो | पहिलो पारी ब्याटिंग गरेको लखनउ सुपर जाइन्टसले २० ओभरमा ६ विकेटको क्षतिमा १५९ रन बनाउन सफल भयो | १६० रनको लक्ष्य पछ्याउने क्रममा दिल्ली क्यापिटल्सले १७.५ ओभरमा २ विकेटको क्षतिमा १६१ रन बनाउदै जित दर्ता गर्यो |

लखनउ सुपर जाइन्ट्सको सुरुवाती २ बयाटर्सले राम्रो सुरुवात गरे पनि अन्य ब्याटर्सले राम्रो नखेल्दा मध्यम स्कोर मात्र बनाउन सक्यो | Aiden Markram र मिचेल मार्सले क्रमस ५२ र ४५ रन प्रहार गर्दै राम्रो सुरुवात गरेका थिए | लखनउ सुपर जाइन्ट्सले पहिलो विकेट ९.६ ओभर ८७ रन बनाउदा १ विकेट मात्र गुमाउदा र बाकी अन्य ब्याटरहरु नचल्दा १५९ रनको मध्यम स्कोर बनाउन सफल भयो | दिल्लीका मुकेश कुमारले सर्वाधिक ४ विकट लिए | उनीनै म्यान अफ द म्याच घोसित भए |

दिल्लीका अभिषेक पोरेल र के एल राहुलको अर्धशतकीय पारीको मद्दतले दिल्लीले १७.५ ओभरमा २ विकेटको क्षतिमा जित दर्ता गर्यो | अभिषेक पोरेलले ५१ रन र के एल राहुलले ५७ रन को पारि खेले साथै अक्सर पटेलले ३४ रनको पारी खेले | लखनउका Aiden Markram ले २ विकेटले लिए |

आजको खेल : #SRHVMI
हालसम्मको अंक तालिका

स्थान टोली खेल जित हार बराबरी रद्द अंक NRR
1 गुजरात टाइटन्स 8 6 2 0 0 12 +1.104
2 दिल्ली क्यापिटल्स 8 6 2 0 0 12 +0.657
3 रॉयल च्यालेन्जर्स बेङ्गलोर 8 5 3 0 0 10 +0.472
4 पञ्जाब किंग्स 8 5 3 0 0 10 +0.177
5 लखनऊ सुपर जायन्ट्स 9 5 4 0 0 10 -0.054
6 मुम्बई इन्डियन्स 8 4 4 0 0 8 +0.483
7 कोलकाता नाइट राइडर्स 8 3 5 0 0 6 +0.212
8 राजस्थान रोयल्स 8 2 6 0 0 4 -0.633
9 सनराइजर्स हैदराबाद 7 2 5 0 0 4 -1.217
10 चेन्नई सुपर किंग्स 8 2 6 0 0 4 -1.392