04/07/2026, 23:44:47
मङ्गलबार, चैत २४, २०८२

आइपीएल २०२५ : केकेआरमाथि, जिटीको ३९ रनको जित, कप्तान गिलको ९० रन


काठमाडौँ, ०९ बैसाख: इन्डियन प्रिमियर लिग (आइपिएल) अप्रिल २१, २०२५ मा भएको खेलमा गुजरात टाइटन्सले ३९ रनको जित हासिल गरेको छ | गुजरात टाइटन्सका कप्तान सुबमन गिल(#Man of The Match No. 39) को ९० रनको मद्दतले कलकत्ता नाइट राइडर्सलाइ पराजित गर्न सफल भएको छ | पहिलो पारी ब्याटिंग गरेको गुजरातले २० ओभरमा ३ विकेटको क्षतिमा १९८ रन बनाउन सफल भयो | १९९ रनको लक्ष्य पछ्याउने क्रममा कलकत्ताले २० ओभर ब्याटिंग गर्दै ८ विकेटको क्षतिमा १५९ रन मात्र सफल भयो |

सुरुवाती ब्याटिंग गरेको गुजरात टाइटन्सका सुबमन गिल र साइ शुर्दर्शनको सुरुवात एकदमै राम्रो भएको थियो, दुइ जना मिलेर १२.२ ओभरमा ११४ रन प्रहार गरेका थिये | साइ शुर्दर्शनले ३६ बल खेल्दै १ छक्क र ६ चौकाको मद्दतले ५२ रनको पारि खेले | पहिलो विकेट साइ शुर्दशनको एन्ड्रयु रसेलले लिए | सुबमन गिलको बैभव अरोराले लिए भने राहुलको हर्सित रानाले लिए | जोस बटलर ४१ रन र साहरुख खान ११ रनमा अविजित रहे |

कलकत्ता नाइट राइडर्सको सुरुवात राम्रो हुन सकेन, पहिलो ओभरमै गुरवाजलाइ १ रनमा मोहमद सिराजले आउट गरे | कप्तान रहानेले ३६ बलमा ५० रन प्रहार गरे पनि जित सम्म डोर्याउन सकेनन् | गुजरातका प्रसिद्ध कृष्ण र रशिद खानले २/२ विकट हात पारे |

आजको खेल : #LSGVDC
हालसम्मको अंक तालिका

# टोली खेल जित हार टाई ब/न अंक NRR
1 गुजरात टाइटन्स 8 6 2 0 0 12 +1.104
2 दिल्ली क्यापिटल्स 7 5 2 0 0 10 +0.589
3 रॉयल च्यालेन्जर्स बेंगलुरु 8 5 3 0 0 10 +0.472
4 पञ्जाब किङ्स 8 5 3 0 0 10 +0.177
5 लखनऊ सुपर जायन्ट्स 8 5 3 0 0 10 +0.088
6 मुम्बई इन्डियन्स 8 4 4 0 0 8 +0.483
7 कोलकाता नाइट राइडर्स 8 3 5 0 0 6 +0.212
8 राजस्थान रोयल्स 8 2 6 0 0 4 -0.633
9 सनराइजर्स हैदराबाद 7 2 5 0 0 4 -1.217
10 चेन्नई सुपर किंग्स 8 2 6 0 0 4 -1.392