नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनसांस्कृतिक महासंघ, नेपाल बागमती प्रदेशको आयोजनामा सामाजिक रूपान्तरण तथा समसामयिक विषयमा आधारित चलचित्र ‘महाभोज’को सिटि सेन्टरमा आइतबार साँझको विषेश प्रदर्शनको अवलोकन पछि चलचित्रबारे सञ्चारकर्मीलाई प्रतिक्रिया गर्नुहुँदै
Click on Photo to Enlarge
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच पार्टी मुख्यालय च्यासलमा आइतबार भेटवार्तापछि निस्कने क्रममा
Click on Photo to Enlarge
संसद भवन नयाँ बानेश्वर, ल्होत्से हलमा आइतबार इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा सञ्चालित अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’ मा विभिन्न मुलुकहरूबाट नेपाल आएका कलाकारसँग सभामुखको साक्षात्कार कार्यक्रमका सहभागीहरु
Click on Photo to Enlarge
नेपालकै एकमात्र सिकार आरक्ष क्षेत्रअन्तर्गत पर्ने बागलुङको ढोरपाटन उपत्यकाबाट चार हजार मिटरको उचाईमा रहेको समथर बुकीपाटन उपत्यकातर्फ फर्कदै आन्तरिक पर्यटक । पछिल्लो समय ढोरपाटन पुगेका पर्यटकहरु पदयात्रामार्फत बुकीपाटन पुग्न थालेका छन् । बुकीपाटन रङ्गीबिरङ्गी फूलले सजिएपछि पर्यटकहरु एकदिनको पदयात्रामार्फत त्यहाँ पुग्ने गर्दछन्
Click on Photo to Enlarge
अन्नपूर्ण पदमार्ग छेउमै रहेको मर्स्याङ्दी गाउँपालिका–७ स्थित हामखोलाको झरनामा रमाउँदै आन्तरिक पर्यटक
Click on Photo to Enlarge
सङ्खुवासभाको खादबारी नगरपालिका-९ र भोजपुरको उत्तरी क्षेत्र षडानन्द नगरपालिका जोड्ने सतिघाटस्थित अरुण नदीको झोलुङ्गेपुलबाट सामान ओसादै सर्वसाधारण । अरुण नदीमा पक्कीपुल नहुँदा भोजपुरको उत्तरी क्षेत्रका लागि भरियामार्फत सामान ढुवानी गर्नुपर्ने बाध्यता रहेको छ
Click on Photo to Enlarge
Monaco Royal 20th Anniversary of the accession of Prince Albert II in Monaco
Click on Photo to Enlarge
रुकुम पुर्वको भुमे गाउँपालिका-१ लुगुममा शनिबार झाक्री मेलामा नाच प्रस्तुत गर्न सहभागी झाक्रीहरु । हरेक वर्ष साउनको पहिलो हप्तामा मङ्गलबार र शनिबार जुन दिन पहिला पर्छ त्यसै दिन झाक्री मेला मान्ने गरिन्छ
Click on Photo to Enlarge
डुम्रे–बेँसीसहर सडक छेउमै रहेको बेँसीसहर नगरपालिका–१ स्थित दलाल झरनामा रहेको पोखरीमा गर्मी छल्न पौडी खेल्दै बालबालिका
Click on Photo to Enlarge
दाङको घोराही उपमहानगरपालिका–१३ स्थित बडहरा रातमाटामा रोल्पाली उवा घुसबाङ खाम समाज दाङले आयोजना गरेको राँके तिवार पर्वको अवसरमा आयोजना गरेको कार्यक्रममा शनिबार मौलिक लोकोबाङ्गे बाजा बजाउँदै समाजका स्थानीय । राँके तिवार पर्व परापूर्वकालदेखि हरेक वर्ष साउन १ गतेदेखि ५ गतेसम्म नाचगान गरेर मनाउने चलन छ