बुटवल–नारायणगढ सडकखण्ड अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने क्षेत्रको सडकमा उडेको धुलो । वर्षामा सडक अवरुद्ध हुने त घाम लागे धुलोले बाटो नै नदेखिने समस्याले यो क्षेत्रमा यात्रा गर्न कठिन हुने गरेको छ
Click on Photo to Enlarge
परम्परागत उपाचारक तथा संस्कार–संस्कृतिका धरोहरको सम्मानस्वरूप रुकुमपूर्वको भुमे गाउँपालिका–१ स्थित लुगुममा स्थापना गरिएको मगर समुदायको सांस्कृतिक गौरव र इतिहास बोकेको झाँक्रीको प्रतिमा । नेपाली सेना र स्थानीय लुगुमवासीहरूको स्रोत र र साधन प्रयोगगरी प्रतिमा निर्माण गरिएको हो
Click on Photo to Enlarge
अर्घाखाँचीको सन्धिखर्क ६, नरपानीस्थित गङ्गासरोवर ताल । पर्यटकलाई आकर्षित गर्न सन्धिखर्क नगरपालिकाले ताल वरपर विभिन्न पर्यटकीय संरचनाहरु निर्माण गरेको छ
Click on Photo to Enlarge
तनहुँको ऑबुखैरेनी गाउँपालिका–१ स्थित ऑधीमूलमा पर्यटक आकर्षित गर्न रुखमा बनाइएको विश्रामस्थल । ऑधीमूलमा पर्यटन प्रबर्धनका लागि विभिन्न पूर्वाधार निर्माण गरिएको छ
Click on Photo to Enlarge
भोजपुरको हतुवगढी गाउँपालिकाको केन्द्र घोडेटार बजार । सदरमुकामबाट दक्षिणी क्षेत्रमा पर्ने यो बजारलाई दक्षिणको व्यापारिक केन्द्रको रुपमा लिइन्छ
Click on Photo to Enlarge
काठमाडौँ तारकेश्वर नगरपालिका -५ स्थित गोल्ढुङ्गामा रहेको धार्मिकस्थल गुप्तेश्वर महादेव मन्दिर
Click on Photo to Enlarge
कञ्चनपुरको महाकाली नदी माथि बनेको चार लेनको पक्की पुल । भीमदत्त नगरपालिका र दोधाँरा चाँदनी नगरपालिका जोड्न ३२ वटा पिल्लरमा ठड्याइएको पुल घुम्नका लागि आन्तरिक पर्यटकको रोजाइमा समेत परेको छ
Click on Photo to Enlarge
गुल्मीको सत्यवति गाउँपालिका-६ स्थित बडिघाट नदी र नदी किनारामा अवस्थित उल्लीखोला बजार
Click on Photo to Enlarge
म्याग्दीको बेनी नगरपालिका–५ पछैमा निर्माणको अन्तिम चरणमा पुगेको रावण पार्क र पार्कमा रहेको रावणकाे प्रतिमा । धार्मिक पर्यटन प्रवर्द्धनका लागि बेनी नगरपालिकाले हिन्दु धर्मग्रन्थ रामायणका पात्र रावणको जन्मथलो मानिने पछैमा रावणको २१ फिट अग्लो मूर्तीसहितको पार्क बनाइरहेकाे छ
Click on Photo to Enlarge
Oriental white storks in an artificial nest at Sanhuanpao National Nature Reserve, in Fujin City, northeast China’s Heilongjiang Province