नुवाकोटको म्यागङ गाँउपालिकाको कार्यालय परिसरमा स्थापना गरिएको शाक्यमुनि बुद्धको प्रतिमा
Click on Photo to Enlarge
नगरकोट महोत्सव–२०८२ लाई लक्षित गर्दै शनिबार चाँगुनारायण नगरपालिकाले आयोजना गरेको प्रथम बागमती प्रदेशस्तरीय धिमे बाजा प्रतियोगितामा सहभागिता जनाउँदै प्रतिस्पर्धी
Click on Photo to Enlarge
चितवनको भरतपुरस्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला । मङ्सिरसम्म १३ प्रतिशत काम सकिएको रङ्गशालाको हाल द्रुत गतिमा काम भइरहेको छ
Click on Photo to Enlarge
सुनसरीको रामधुनी नगरपालिका-३ मा निर्माणको अन्तिम चरणमा पुगेको झुम्का खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको ओभरहेड खानेपानी ट्याङ्की । नौ लाख लिटर क्षमताको यो ट्याङ्की १३५ फिट उचाइ रहेको छ । ट्याङ्की बनिसकेपछि चार हजार ३१ घरधुरी लाभान्वित हुने सहरी खानेपानी आयोजनाका अध्यक्ष केशीलाल चौधरीले जानकारी दिनुभयो
Click on Photo to Enlarge
कैलालीको लम्कीमा शुक्रबार बिहान लागेको कुहिरो । केही दिनदेखि लगातारको हुस्सु र कुहिरोका कारण यहाँको जनजीवन प्रभावित बनेको छ
Click on Photo to Enlarge
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-७ कटकुवाबाट देखिएको कुहिरोले ढाकेको सुर्खेतको वीरेन्द्रनगर र आसपासको क्षेत्र
Click on Photo to Enlarge
चितवनको सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको हात्तीसारमा रहेको भाले ‘रोनाल्डो ‘ हात्ती र पृष्ठभूमिमा देखिएका गैँडाको बच्चा (केटो-केटी)
Click on Photo to Enlarge
अछामको मङ्गलसेन नगरपालिका–३, ओखरतोलाका ६० वर्षीया कोकिला ढोली आफ्नो ८३ वर्षकी आमालाई उपचारपश्चात् बोकेर घर लैजाँदै
Click on Photo to Enlarge
मुस्ताङको घरपझोङ गाउँपालिका-५ स्थित कुछप तेरङ्गा गुम्बाको नवनिर्मित भवन। बौद्ध धर्मावलम्बीहरुको आस्थाको केन्द्र यस ऐतिहासिक गुम्बा पूनर्निर्माण गरिएको हो
Click on Photo to Enlarge
सर्लाहीको बरहथवा नगरपालिका–९ मुर्तियास्थित ऐतिहासिक मुक्तेश्वर महादेवको मन्दिर । पुरातत्व विभागले पुनर्निर्माण गरेको यो मन्दिर परिसरमा धेरै पुराना कलाकृति, इँटा, ढुङ्गालगायतका भग्नावशेषहरु रहेको छ । यो मन्दिर ११ औँ शताब्दीमा निर्माण भई १३ औँ शताब्दीमा भत्किएको पुरातत्व विभागको अध्ययनबाट देखिएको छ