अङ्ग्रेजी नयाँ वर्ष २०२५ को पहिलो दिन बुधबार काठमाडौँको बसन्तपुरस्थित हनुमानढोका दरबार क्षेत्रमा घुम्न आएका पर्यटक
Click on Photo to Enlarge
मुस्ताङ जिल्लाकै चर्चित पर्यटकीयस्थल ढुम्बा तालमा रमाउँदै पर्यटक । गर्मी मौसममा दैनिक जसो पर्यटकको भीड भइरहने ढुम्बा ताल अहिले चिसो मौसमका कारण त्यति चहलपहल भने छैन्
Click on Photo to Enlarge
भोजपुरको दक्षिणी क्षेत्र हतुवागढीको कोप्चेबाट जेटवोटको मध्यमबाट जलयात्रा गर्दै स्थानीयवासी । पहिला चतरासम्म पुग्न तीनदेखि चार घण्टा पैदल हिंडेर करिब १९ किलोमिटर दूरी पार गर्नुपथ्र्यो भने अहिले जलयात्राबाट २० देखी २५ मिनेटमा चतरा पुग्न सकिन्छ । जेटबोटले यहाँका नागरिकलाई तराईका जिल्लामा पुग्न सहजता भएको छ
Click on Photo to Enlarge
मुस्ताङको घरपझोङ गाउँपालिका–५ मा पर्ने यो किल्लाले ऐतिहासिक महत्त्व बोकेको ठाउँ । यही ठाउँको नामबाट घरपझोङ गाउँपालिका रहन गएको हो । करिब सात सय वर्ष पुरानो यो किल्ला तीन गाउँले थकाली जातिको उद्गम स्थल पनि हो
Click on Photo to Enlarge
दाङको घोराही उपमहानगरपालिका–१८ स्थित घोरदौराकी स्थानीय महिला दुधे बालकसहित सार्वजनिक धाराबाट डोकोमा खानेपानी बोकेर घरतर्फ आउँदै
Click on Photo to Enlarge
नुवाकोटको विदुर नगरपालिका–२स्थित ऐतिहासिक भैरवीदेवी मन्दिरमा रहेको कछुवा । मन्दिरका पुजारी हरिमानसिंह डङ्गोलका अनुसार उक्त कछुवा ५५ वर्षअघि भक्तजनले ल्याएर मन्दिरमा चढाएका थिए
Click on Photo to Enlarge
जागरुक युवा अभियान नेपालले बुधबार बसन्तपुरमा इस्वी संवत् नयाँ वर्षको पहिलो दिन पारेर टोपी दिवसको अवसरमा आयोजित कार्यक्रमका सहभागीहरु ढाका टोपी लगाएर सामुहिक तस्बिरमा सहभागी हुँदै
Click on Photo to Enlarge
सप्तरीको छिन्नमस्ता गाउँपालिका-३ स्थित सखडामा रहेको प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिर र मन्दिर परिसरमा रहेको पोखरीमा डुङ्गा सयर गर्दै आन्तरिक पर्यटक
Click on Photo to Enlarge
बागलुङको काठेखोला गाउँपालिका–५ भ्यूटावरबाट देखिएको धौलागिरी हिमाल । मध्यपहाडी लोकमार्गमा पर्ने भ्यूटारवबाट देखिने उक्त हिमालले यात्रा गर्ने यात्रुलाई लोभ्याइरहेको छ
Click on Photo to Enlarge
कैलालीको जानकी गाउँपालिका ६ कैलाशेश्वर सामुदायिक वन क्षेत्रमा रानी जमरा कुलरिया सिँचाइ आयोजनाले गरेको तटबन्ध कर्णाली नदीले बगाएपछि नदी नियन्त्रणका लागि किनारामा राखिएका ठुला ढुङ्गा । यो विधि नदी नियन्त्रणका लागि प्रभावकारी भएको छ