अंग्रेजी नयाँ वर्षको अवसरमा रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान) पोखराको आयोजनामा पोखरामा शनिबारदेखि सुरु पोखरा सडक महोत्सवको उद्घाटन पूर्व निकालिएको झाँकीका सहभागी
Click on Photo to Enlarge
हात्ती तथा पर्यटन महोत्सवको अवसरमा सिँगारिएका सौराहास्थित हात्तीचोक । क्षेत्रीय होटल सङ्घ चितवन सौराहाको आयोजनामा आजदेखि सुरु हुने १८औँ संस्करणको हात्ती तथा पर्यटन महोत्सवको उपप्रधान एंव सहरी विकासमन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्ने कार्यक्रम रहेको छ
Click on Photo to Enlarge
बझाङ जिल्लाको साइपाल गाउँपालिकामा अवस्थित साइपाल हिमालको आधार शिविर क्षेत्र (बेस क्याम्प) । समुद्री सतहबाट चार हजार २०० मिटरमा पर्ने यस क्षेत्रलाई औँलागाड पनि भनिन्छ
Click on Photo to Enlarge
ताप्लेजुङ जिल्लास्थित समुद्र सतह देखि तीन हजार ७९४ मिटरमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा रहेको पाथीभरा (मुकुमलुङ) देवीको थान । यो मन्दिर हिन्दु धर्मका साथै बौद्ध र किराँत धर्मको समेत आस्थाको केन्द्र हो
Click on Photo to Enlarge
वीरेन्द्रनगर नगरपालिका–९ स्थित काँक्रेविहार मन्दिर । वीरेन्द्रनगर उपत्यकाको बिच भागमा जङ्गलको थुम्कोमा रहेको काँक्रेविहार पुरातात्विक र ऐतिहासिक महत्वले भरिपूर्ण छ । २१ मिटर अग्लो शिखरशैलीको मन्दिरक्षेत्र एक सय ७५ हेक्टर क्षेत्रफलमा फैलिएको छ
Click on Photo to Enlarge
लिम्बू समुदायको मौलिक च्याब्रुङ नाच (के:लाङ) सिक्दै लिम्बू युवाहरु । याक्थुङ युवा मञ्च इलामको आयोजनामा सदरमुकाममा १५ दिनको च्याब्रुङ नाच प्रशिक्षण सुरु भएको छ
Click on Photo to Enlarge
स्याउको राजधानीको रुपमा परिचित मुस्ताङमा हिउँदेयाम सुरु भएसँगै स्याउको रुख काँटछाँट गर्न व्यस्त किसान
Click on Photo to Enlarge
तनहुँको भानु नगरपालिका-९ बसन्तपुरस्थित थानीमाई मन्दिर र पृष्ठभूमिमा कुहिरोको दृश्य । यहाँ विभिन्न जिल्लाबाट पूजाअर्चना र फूलको डोली भित्र्याउन भक्तजनको घुइँचो लाग्ने गर्छ
Click on Photo to Enlarge
मौसम खुलेसँगै मुस्ताङ जिल्ला घरपझोङ गाउँपालिका-३ स्याउगाउँबाट देखिएको निलगिरी हिमाल
Click on Photo to Enlarge
हिमालपारिको जिल्ला मुस्ताङको सदरमुकाम नजिकै कालीगण्डकी नदीले कटान गरेको तटीय क्षेत्र । वर्षायाममा आएको बाढीले कटान गर्दा मुस्ताङको दर्जनौँ बस्ती असुरक्षित बन्दै गएको छ