दाङको घोराही उपमहानगरपालिका–१७ स्थित कर्झाही जलाशयमा देखिएका हिउँदको समयमा मौसम छल्न आएका ठुलोजलेवा चरा
Click on Photo to Enlarge
ताप्लेजुङको फक्तङ्लुङ गाउँपालिकामा तमोर नदीमाथि निर्माण गरिएको अस्थायी काठेपुल
Click on Photo to Enlarge
कास्की जिल्लाको मादी गाउँपालिकास्थित ऐतिहासिक तथा पर्यटकीय गाउँ सिक्लेस र मनोरम हिमश्रृङ्खलाको दृश्य । समुद्री सतहबाट दुई हजार मिटरको उचाइमा अवस्थित गुरुङ जातिको उद्धगमस्थल सिक्लेसमा पछिल्लो समय आन्तरिक तथा बाह्रय पर्यटकको आकर्षण बढेको छ
Click on Photo to Enlarge
भक्तपुरको मध्यपुर थिमि बालकुमारी मन्दिर परिसरमा नवदुर्गा देवगण पूजाका लागि नेवारी पोशाक हाकुपटासीमा सजिएका महिला
Click on Photo to Enlarge
तनहुँको व्यास नगरपालिका–८ स्थित क्यामिन कालिका मन्दिर । यस ठाउँलाई धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउन स्थानीयवासी लागेका छन्
Click on Photo to Enlarge
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटामा संरक्षित कृष्णसार । सन् २०१२ मा स्थानान्तरण गरेर ल्याइएका ४२ कृष्णसारबाट हाल निकुञ्जमा कृष्णसारको सङख्या बढेर दुई सय ८८ पुगेको छ । बर्दियाको खैरापुर र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटामा कृष्णसार संरक्षण गरेर राखिएका छन । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अन्तर्गत कृष्णसारलाई संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ
Click on Photo to Enlarge
डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिका–५ तिन्जेमा उवा चुट्दै कृषक। उच्च हिमाली क्षेत्रमा पर्ने उपल्लो डोल्पाका खेतबारीमा वर्षमा एक बाली मात्र उत्पादन हुने गर्छ
Click on Photo to Enlarge
चितवनको भरतपुर–१५ स्थित रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला । नयाँ सम्झौता अनुसार भइरहेको काम हालसम्म १३ प्रतिशत सकिएको आयोजनाले जनाएको छ
Click on Photo to Enlarge
मुस्ताङको घरपझोङ गाउँपालिका-२ मार्फा गाउँमा अवस्थित पानीघट्ट । पछिल्लो समय गाउँमा आधुनिक मिलहरु भित्रिएसँगै पानीघट्टको प्रयोग न्यून हुन थालेको छ
Click on Photo to Enlarge
जिल्लाको काठेखोला गाउँपालिका–७ रेशस्थित ऐतिहासिक ओदानडाँडा । उक्त स्थानमा चट्याङ पर्दा आकाशबाट खसेको ओदान संरक्षण गरी राखिएको छ