मुस्ताङको थासाङ गाउँपालिका–२ खन्ती गाउँ नजिकै कालीगण्डकी बगरबाट लिएको धौलागिरि हिमालको दृश्य । पुस महिना लाग्दा पनि हिउँ नपरेपछि डाँडाकाँडा रुखा, सक्खा र उराठ लाग्दा देखिनुका साथै हिमाल कालापत्थरमा परिणत भएको देखिन्छ । मङ्सिर, पुस महिनामा हिउँ नपर्नु, असोजमा अत्यधिक वर्षा हुनु जलवायु परिवर्तनको प्रभाव रहेको स्थानीयवासी बताउँछन्
Click on Photo to Enlarge
म्याग्दीको बेनी नगरपालिका–९ मा पर्ने ऐतिहासिक तथा पर्यटकीयस्थल ढोलठानमा प्राकृतिक दृृश्यावलोकनका लागि आएका आन्तरिक पर्यटक
Click on Photo to Enlarge
पोखरा महानगरपालिका– १५ काजिपोखरीबाट देखिएको माछापुच्छ्रे हिमाल
Click on Photo to Enlarge
उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिका-५ स्थित तिन्जेगाउँ । समुन्द्री सतहबाट चार हजार एक सय पचास मिटर उचाइमा अवस्थित तिन्जे गाउँबाट नेपाल र चीन सिमा क्षेत्रमा पर्ने मोरिम्ला नाका पुग्न मोटरसाइकलमा एक घण्टा लाग्दछ । यो गाउँ आसपासको क्षेत्रमा सिमा सुरक्षाकालागि शसस्त्र प्रहरी बलको ‘बिओपी’ राख्न पहल भइरहेको छ
Click on Photo to Enlarge
मुस्ताङको घरपझोङ गाउँपालिका–३, स्याङ गाउँमा अवस्थित झोङ न घाङ ‘शान्ति पार्क’मा स्याउको प्रतिमा र आसपास क्षेत्र
Click on Photo to Enlarge
मुस्ताङको घरपझोङ गाउँपालिका–३, स्याङ गाउँमा अवस्थित झोङ न घाङ ‘शान्ति पार्क’। एक पटक घुम्नै पर्ने र पछिल्लो समय पर्यटकको रोजाइमा परेको उक्त पार्क बेनी– जोमसोम–कोरोला सडक छेवैमा पर्छ भने पार्कमा पुग्न सवारीसाधनसँगसँगै व्यवस्थित रेलिङ र गोरेटो बाटोको पनि व्यवस्था छ
Click on Photo to Enlarge
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले पद तथा गोपनीयताको शपथ लिएपछि प्रधानमन्त्रीको उपस्थितिमा प्रमुख आयुक्त आचार्यले नवनियुक्त आयुक्तहरु गगन विष्ट र दुर्गा भण्डारीलाई बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा पद तथा गोपनीयताको शपथपछि सामूहिक तस्बिरमा सहभागी हुनुहुँदै। साथमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङ, मन्त्रालयका सचिव राधिका अर्याललगायत
Click on Photo to Enlarge
मुस्ताङको घरपझोङ गाउँपालिका-२ मार्फास्थित माम्ती गुफा । प्राकृतिक सुन्दरताले अत्यन्तै रमणीय,आन्तरिक तथा बाहृय पर्यटकको गन्तव्यस्थल र सडकको नजिकै रहेको यो गुफालाई स्थानीय जनप्रतिनिधि र मार्फा गाउँका अग्रजहरुको पहलमा रङरोगन गरि थप आकर्षक बनाउने गरिएको छ
Click on Photo to Enlarge
जाडो मौसम सुरु भएसँगै मुस्ताङमा जम्न थाल्यो पानी । मुस्ताङमा अत्यधिक चिसो बढेसँगै खहरे खोला, नदी झरना, कुलो र धाराहरुमा पानी जम्न थालेको छ
Click on Photo to Enlarge
त्रिधार्मिकस्थल खोटाङको हलेसी नजिकै रहेको ढुङ्गे बगैँचा (रक गार्डेन)मा निर्माण गरिएको कलात्मक प्रवेशद्धार । स्थानीय चाम्लिङ राई भाषामा बुङालुङ नाम दिइएको ढुङ्गे बगैँचा पर्यटकको रोजाइमा पर्ने गरेको छ