वासिङ्टन, भदौ २३ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले विजय हासिल गरेपछि तेलको मूल्य तीव्ररूपमा घट्ने र पेट्रोलको मूल्य प्रति ग्यालन दुई अमेरिकी डलरभन्दा कम हुने दाबी गर्नुभएको छ ।
मध्यपूर्वमा जारी सैन्य कारबाहीका कारण ऊर्जा लागत बढेको उल्लेख गर्दै उहाँले युद्धपछि बजार स्थिर हुने बताउनुभयो । साथै, ट्रम्पले इरानलाई कुनै पनि हालतमा आणविक हतियार राख्न नदिने चेतावनीसमेत दिनुभएको छ ।
यसको कडा जवाफ दिँदै इरानी संसदका अध्यक्ष मोहम्मद बाघेर गालिबफले इरानको ऊर्जा पूर्वाधारमाथि आक्रमण नगर्न अमेरिकालाई चेतावनी दिनुभएको छ । उहाँले इरानी तेल तथा ग्यास क्षेत्रमा संलग्न अमेरिकी कम्पनीहरू समेत जोखिममा पर्ने स्पष्ट पार्नुभयो ।
अर्कोतर्फ, अमेरिकी युद्धमन्त्री पीट हेग्सेथले इरानले अमेरिकी जहाजमाथि आक्रमण गरे इरानी तेल ट्याङ्कर नष्ट गर्ने चेतावनी दिँदै अमेरिकी विमान, जहाज र पनडुब्बीले इरानी सैन्य तथा तेल पूर्वाधारमा प्रहार गर्न सक्ने दाबी गर्नुभएको छ ।
यसैबिच, अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले तीन इरानी कच्चा तेल ट्याङ्कर आइआरजिसी र उसका सहयोगीलाई आर्थिक सहयोग गर्ने ‘छाया सञ्जाल’को हिस्सा रहेको जनाएको छ । सेन्टकमका कमान्डर एडमिरल ब्राड कुपरले आवश्यक परे इरानको तेल ट्याङ्कर बेडामाथि कारबाही गर्न अमेरिका पछि नहट्ने बताउनुभएको छ ।
अमेरिकाले युद्धलाई ऊर्जाको मूल्य घट्नेसँग जोडे पनि इरानको कडा प्रतिकारको चेतावनीले विश्व ऊर्जा बजारमा गम्भीर चिन्ता थपिदिएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!




































