

काठमाडौँ, भदौ २२ गते । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले देशका विभिन्न भागमा आएको बाढीपीडितको उद्धार तथा राहतका लागि आफ्नो एक महिनाको पेन्सन रकम सहयोग गर्नुभएको छ। उहाँले बाढी प्रभावित नागरिकहरूको सहयोगार्थ आफ्नो एक महिना बराबरको पेन्सन रकम प्रदान गर्नुभएको हो।
पूर्वप्रधानन्यायाधीश कार्कीले सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा हुने गरी राष्ट्रिय वाणिज्य बैंकमा रहेको खातामा उक्त सहयोग रकम जम्मा गराउनुभएको छ। उहाँले आफ्नो मासिक पेन्सन वापतको ७७ हजार रुपैयाँ रकम कोषमा जम्मा गर्नुभएको हो।
विपत्तिको यस घडीमा प्रभावित नागरिकलाई सघाउन सरकारी तथा गैरसरकारी क्षेत्रबाट सहयोग जुट्ने क्रम जारी रहेकै बेला पूर्वप्रधानन्यायाधीश कार्कीको यो व्यक्तिगत सहयोगले बाढीपीडितको राहत र पुनर्स्थापनामा थप मद्दत पुग्ने विश्वास लिइएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!































