

काठमाडौँ, भदौ २० गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले भोटेकोशी बाढी जस्ता जलवायुजन्य समस्या सिर्जना गर्ने ठुला औद्योगिक राष्ट्रहरूबाट नेपालले क्षतिपूर्ति पाउनुपर्ने बताउनुभएको छ।
एमाले विशेष सङ्गठन कमिटीद्वारा पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै महासचिव पोखरेलले जलवायु परिवर्तनमा मुख्य भूमिका रहेका विकसित मुलुकहरूबाट हिमाली देश नेपालले क्षतिपूर्ति पाउनुपर्नेमा जोड दिनुभयो।
विकसित देशका ठुला उद्योग र आणविक भट्टीबाट अत्याधिक कार्बन उत्सर्जन हुँदा वातावरणमा परिवर्तन आइरहेको र त्यसको प्रत्यक्ष मार नेपाल जस्ता विकासशील देशहरूले भोग्नुपरेको उहाँको भनाइ थियो।
यस्तै जलवायु परिवर्तनका कारण बर्सेनि ठुलो धनजनको नोक्सान बेहोर्नुपरेको उल्लेख गर्दै उहाँले बाढी प्रभावित क्षेत्रमा एमालेका नेता तथा जनसङ्गठनहरू उद्धार र राहत वितरणमा अहोरात्र खटिरहेको जानकारी दिनुभयो।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!




























