

काठमाडौँ, साउन २३ गते । हलमा दुई नयाँ नेपाली चलचित्र ‘कमला मिस’ र ‘हली’ प्रदर्शनमा आएका छन् ।
‘कमला मिस’ साहित्यकार तथा नाटककार विजय मल्लको चर्चित कृति ‘कोही किन बर्बाद होस्’ मा आधारित चलचित्र हो । चलचित्रमा नीर शाहको निर्देशन रहेको छ । रमेश बुढाथोकी, बास्ना तिमिल्सिना, शिवम् सर्राफ क्षेत्री, आरभ दाहाल, भावना मगर लगायतको अभिनय रहेको छ ।


‘हली’ ले छाउपडी प्रथाका कारण महिलाले भोग्नु परेका सङ्घर्ष र सामाजिक यथार्थलाई उजागर गर्ने प्रयास गरेको छ । ओम प्रतीक निर्देशित चलचित्रमा प्रमोद दीप, सुजाता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की लगायतको अभिनय रहेको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!



























