

काठमाडौँ, साउन २० गते । राष्ट्रिय परिचयपत्रको आवेदन लिनेदेखि छपाइ गर्नेसम्मको सबै प्रविधि र प्रणालीको काम ठप्प हुँदा सेवाग्राही मर्कामा परेका छन् । असार मध्यदेखि काम ठप्प हुँदा नयाँ परिचयपत्र नम्बर लिनेदेखि राहदानी लगायतका अन्य सेवा लिने सेवाग्राही मर्कामा परेका हुन् ।
सफ्टवेयर बिग्रँदा सेवा ठप्प
राष्ट्रिय परिचयपत्रको प्रणालीमा प्राविधिक समस्या आउँदा विगत एक महिनादेखि नयाँ परिचयपत्र नम्बर लिने र आवेदन दर्ता गर्ने लगायतका सम्पूर्ण काम ठप्प भएका छन्। असार मध्यदेखि सफ्टवेयर बिग्रिएपछि कम्प्युटर प्रणालीमा प्रवेश गर्न नसक्दा सेवाग्राहीहरू मर्कामा परेका हुन्।
कम्पनीसँगको सम्झौता र मर्मत समस्या
नेपालमा २०७५ सालमा फ्रान्सेली कम्पनी ‘आइडिमिया‘ सँग सम्झौता गरी यो प्रणाली स्थापना गरिएको थियो। दुई वर्षअघि नै उक्त कम्पनीसँगको सम्झौता सकिएकाले अहिले मर्मत-सम्भारको सेवा पाउन सकिएको छैन। प्राविधिक सहयोगको गुन्जायस नभएपछि नेपाली टोलीले सामान्य मर्मत गरी चलाउँदै आएकोमा हाल सफ्टवेयर नै पूर्ण रूपमा बन्द हुन पुगेको छ।
वैकल्पिक व्यवस्था र परिपत्र
राहदानी, सामाजिक सुरक्षा भत्ता, घरजग्गा किनबेच र बैङ्किङ सेवा लगायतका काममा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएकाले सेवाग्राहीको भीड र तनाव बढेको छ। समस्या जटिल बनेपछि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले अन्य निकायहरूलाई तत्कालका लागि परिचयपत्रबिना नै सेवा दिन परिपत्र गरेको छ भने राहदानी विभागमा विशेष डेस्क राखी प्रमाणीकरण पत्र दिन थालेको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!






























