काठमाडौँ, साउन १६ गते । चलचित्र ‘लज्जावती’ को ट्रेलर सार्वजनिक भएको छ । साउन १५ गते निर्माण टिमले काठमाडौँमा एक कार्यक्रम आयोजना गर्दै ट्रेलर सार्वजनिक गरेको हो ।
ट्रेलरमा प्रेममा हुने माया, धोका, बिछोडपछि जीवनमा आइपर्ने सङ्घर्ष र उतारचढाव प्रस्तुत गरिएको छ । चलचित्रमा मुकुन भुसाल र जानुका विश्वकर्मा एक जोडीका रूपमा देखाइएको छ । श्रीकृष्ण निरौला र मेनुका माझी अर्को प्रेमिल जोडीका रूपमा प्रस्तुत हुनुभएको छ ।


पारिवारिक सम्बन्ध र मित्रता समयसँगै विभिन्न कठिनाइ, अभाव र सामाजिक दबाबका कारण जटिल मोडमा पुगेको ट्रेलरमा देखाइएको छ ।
साउन २९ गतेदेखि प्रदर्शनमा आउने चलचित्रलाई राजबहादुर सानेले निर्देशन गर्नुभएको छ । निर्देशक सानेका अनुसार चलचित्रले प्रेमिल जोडीको जीवनमा आउने उतारचढाव र सङ्घर्षलाई प्रस्तुत गरेको छ । चलचित्रका अन्य कलाकारमा केशव रिजाल, धीरेन शाक्य, प्रिया रिजाल, हिउँवाला गौतम, विशाल पहारी, सिपी पौडेल, आरआर खड्का, विनोद श्रेष्ठ,दीपक थापा र काजल भुजेल हुनुहुन्छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!






























