07/23/2026, 00:03:12
बुधबार, साउन ०६, २०८३

अर्थमन्त्री डा. वाग्लेसँगको भेटघाटका लागि साताको तीन दिन समय निर्धारण


काठमाडौँ, साउन ६ गते । अर्थ मन्त्रालयले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँगको भेटघाटका लागि साताको तीन दिन समय निर्धारण गरेको छ।

मन्त्रालयमा भेट्न आउनुहुने सरोकारवाला, विशिष्ट महानुभाव तथा सर्वसाधारण आगन्तुकको सहजता र भेटघाटलाई व्यवस्थित बनाउन समय निर्धारण गरिएको अर्थ मन्त्रीको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार मङ्गलबार, बुधबार र बिहीबार अपराह्न ४ बजेदेखि ६ बजेसम्म भेटघाटका लागि समय तोकिएको छ।

भेटघाटलाई थप प्रविधिमैत्री र प्रभावकारी बनाउन ‘क्युआर कोड‘को व्यवस्था गरिएको छ। क्युआर कोडमार्फत भेटघाटको विषय खुलाएर अग्रिम समयतालिका निर्धारण गर्न सचिवालयले सर्वसाधारण तथा सरोकारवालामा अनुरोध गरेको छ।